हिमताल
साहित्यको सुन्दर हिमताल
Wednesday, September 7, 2011
Sunday, May 29, 2011
भेन्टिलेटरमा देश!
जेठ १४ गते अर्थात
यो देशको अप्रिल फुल
आफ्नो आँगनमा फलेको हलुवावेद झैं
संविधानका सपनाहरु बाँडेर हामीलाई
कमरेडहरु निदाइरहे
महङ्गा पलङ्हरुमा
र भरिरहे अन्तराष्ट्रिय उडानहरु
राष्ट्रिय उडानको महँगीमा
छट्पटाइरहयो कर्णाली ब्लुज....
६२/६३को आन्दोलन,सहिदका सपनाहरु
सत्ताका सिंढीहरु बने कुलाङ्गारहरुलाई ।
राष्ट्रिय झण्डा फेर्नुपर्छ भन्ने
नयाँ कार्लमार्क्स पनि जन्मे
र जन्मे जातिय राज्यका पक्षपोषक गोमनहरु
रोग,भोक र सोकको अनन्त
चक्रव्यूँहमा अल्झिरहयो राष्ट्रिय विकास योजना,
अन्तरिम संविधानको
भेन्टिलेटरमा राखेर देश
डक्टरहरु/नर्सहरु हिंडे आ-आफ्नै घरतिर
र भुले श्रीमतीको नयाँ रेसिपीमा देश ।
यो देशका निरीह जनता अर्थात हामी
प्रतीक्षामा चिन्तित रहिरहयौं
नयाँ जीवन लिएर उठेको देश हेर्न ।
(अब भदौ १४ लाई पनि अप्रिल फुल नै बनाउने निश्चित प्राय: भैसकेको छ ।हेरौं कुलाङ्गारहरुले देशलाई कता लग्छन् ,जनताले नै लगाम लगाउँनुपर्ने कुदिन नआओस् कामना गर्नु सिवाय के नै गर्न सकौंला अहिलेलाई !!)
Monday, July 19, 2010
एउटा अर्को अपूर्ण कविता
साक्षर मान्छे
मात्र पढ्न सक्छ - अक्षरहरु
मिलाउन सक्छ ऊ
हिसाबका जोड घटाउहरु
तर बुझ्न किमार्थ सक्तैन
अव्यक्त भावहरु
न त लथालिंग जीवनको जोड घटाउ
मिलाउन सक्छ कलमले
मान्छे जब फेर्न भ्याउँछ नयाँ लुगाहरु
विस्तारै घृणा गर्छआफूलाई इज्जत र न्यानो दिएको
पुरानो लुगा,
स्वार्थको पराकाष्ठा हो मान्छे
ऊ आफू बाँच्नका लागिअरुका आँसुहरु तन्तनी पीउँछ
र बनाउँछ घृणाका पर्खालहरु ।
मात्र पढ्न सक्छ - अक्षरहरु
मिलाउन सक्छ ऊ
हिसाबका जोड घटाउहरु
तर बुझ्न किमार्थ सक्तैन
अव्यक्त भावहरु
न त लथालिंग जीवनको जोड घटाउ
मिलाउन सक्छ कलमले
मान्छे जब फेर्न भ्याउँछ नयाँ लुगाहरु
विस्तारै घृणा गर्छआफूलाई इज्जत र न्यानो दिएको
पुरानो लुगा,
स्वार्थको पराकाष्ठा हो मान्छे
ऊ आफू बाँच्नका लागिअरुका आँसुहरु तन्तनी पीउँछ
र बनाउँछ घृणाका पर्खालहरु ।
Friday, October 23, 2009
तिम्रो सम्झना भित्र..(सूत्र काव्य- ९ )
तिम्रो ओठको
तातो चुम्बनहरु सम्झेर
यत्तिखेर
यो एक्लो उदास साँझमा
कफी सेलाउँदैछु म
र,एस्ट्रेमा जल्दै गरेको
सिग्रेटको धूँवा
मडारिदैछ सिलिङ भरि
अनि तिम्रो सम्झनाका
यि छट्पटाईहरु साक्षी
बनिरहेका छन्
कविताहरुमा
यादको पहाड बनेर ।
तातो चुम्बनहरु सम्झेर
यत्तिखेर
यो एक्लो उदास साँझमा
कफी सेलाउँदैछु म
र,एस्ट्रेमा जल्दै गरेको
सिग्रेटको धूँवा
मडारिदैछ सिलिङ भरि
अनि तिम्रो सम्झनाका
यि छट्पटाईहरु साक्षी
बनिरहेका छन्
कविताहरुमा
यादको पहाड बनेर ।
Wednesday, October 7, 2009
दुई छोटा कविता
(कविता एक)
मन भित्र नभेटेको
रमाईलो शहर खोज्न तिमी
सिमेन्टेड शहर भित्र छिर्यौ
र, सिक्यौ कृतिम हाँसो हाँस्न
कृतिम सुख किन्न
र कृतिम फूलको बास्ना लिन,
जसरी भूलबस्
फूलको खोजमा निस्केको माहुरी
पस्छ बगैंचा सम्झी
कुनै कृतिम फूलहरु बनाउँने
कारखाना भित्र-
र थुनिन्छ मृत्यु पर्यन्त ।
(कविता दुई)
मान्छे पाल्दैन
आफ्नो बगैंचामा
कुनै विषालु सर्प
तर लुकेर कतै
डस्छ त्यस्ले -
खेल्दै रमाईरहेका उस्का प्यारा
बालक सपनाहरुलाई।
मन भित्र नभेटेको
रमाईलो शहर खोज्न तिमी
सिमेन्टेड शहर भित्र छिर्यौ
र, सिक्यौ कृतिम हाँसो हाँस्न
कृतिम सुख किन्न
र कृतिम फूलको बास्ना लिन,
जसरी भूलबस्
फूलको खोजमा निस्केको माहुरी
पस्छ बगैंचा सम्झी
कुनै कृतिम फूलहरु बनाउँने
कारखाना भित्र-
र थुनिन्छ मृत्यु पर्यन्त ।
(कविता दुई)
मान्छे पाल्दैन
आफ्नो बगैंचामा
कुनै विषालु सर्प
तर लुकेर कतै
डस्छ त्यस्ले -
खेल्दै रमाईरहेका उस्का प्यारा
बालक सपनाहरुलाई।
Tuesday, September 1, 2009
लोरिया !
लोरिया !
हामी यायावर नै त हौं
यो जगतमा ,
तिमी र म जन्मेको भूगोलको सीमा फरक भो
तर जिजीबिषाको एउटै रुप छ ,
अन्तर्कथाहरु मात्र फरक छन्
हामीले छोडेर हिंडेका छौं -
आ-आफ्नो घर ,गल्ली र देश
पराई भूमिको यो जीवन नियती भोग्न !
हाँस्यौं कति आफ्ना पीडा र बाध्यतालाई लुकाएर
रोयौं होला एकान्तमा कति
आँसुहरु दबाएर ,
लोरिया !
मैले सुनें -
तिमी आफ्नै मृत्युको खबर सुनेर
छट्पटाएको कुरा !
कसरी सह्यौ होली यो सब !
सुखमा त क्यान्सर लागेको जन्मदेखि नै हो
अब शरीरमा चढेछ
म स्तब्ध भएँ
र , तिम्रा बाँकी सपनाहरुसँग
हामी यायावर नै त हौं
यो जगतमा ,
तिमी र म जन्मेको भूगोलको सीमा फरक भो
तर जिजीबिषाको एउटै रुप छ ,
अन्तर्कथाहरु मात्र फरक छन्
हामीले छोडेर हिंडेका छौं -
आ-आफ्नो घर ,गल्ली र देश
पराई भूमिको यो जीवन नियती भोग्न !
हाँस्यौं कति आफ्ना पीडा र बाध्यतालाई लुकाएर
रोयौं होला एकान्तमा कति
आँसुहरु दबाएर ,
लोरिया !
मैले सुनें -
तिमी आफ्नै मृत्युको खबर सुनेर
छट्पटाएको कुरा !
कसरी सह्यौ होली यो सब !
सुखमा त क्यान्सर लागेको जन्मदेखि नै हो
अब शरीरमा चढेछ
म स्तब्ध भएँ
र , तिम्रा बाँकी सपनाहरुसँग
धेरैबेर दुखीरहें ,
लोरिया !
मृत्युको बादलले जीवन घेर्यो
यो अस्वाभाविक मृत्युको कुरा!
किन बताउँछ विज्ञान ?
यो अकाट्य सत्य
तिमीले अर्कै रुपमा पायौ
हाँसो र मुस्कानको प्रकाशले
छोप्नु त्यस्लाई ,
बाँच्नु प्रत्येक दिन
जसरी बाँच्दछ
आफ्नो ऋतुकालमा गुलाब
सुन्दरता छरेर ....
लोरिया !
मृत्युको बादलले जीवन घेर्यो
यो अस्वाभाविक मृत्युको कुरा!
किन बताउँछ विज्ञान ?
यो अकाट्य सत्य
तिमीले अर्कै रुपमा पायौ
हाँसो र मुस्कानको प्रकाशले
छोप्नु त्यस्लाई ,
बाँच्नु प्रत्येक दिन
जसरी बाँच्दछ
आफ्नो ऋतुकालमा गुलाब
सुन्दरता छरेर ....
(यो कविता कृष्ण थापा जीको 'रीत' मा डुब्नु र तैरनुको भाव हो ।जहाँ लोरिया(उहाँको फिलिपिनी
साथीलाई क्यान्सर भएको छ)ऊ जीवनको तीतो सत्य मृत्यु'लाई अगाल्न बाध्य छे ।जस्लाई अझैं
कति बाँच्नु छ भ्रमात्मक हाँसो लिएर यतै संसारिक मोहमा....)
Saturday, August 29, 2009
वेश्या समय !
जसरी साँट्छे
नयाँ नयाँ ग्राहक सँग वेश्या
प्रत्येक रात र दिन
त्यसरी नै साँट्छ समय -
सत्ता र शक्ति ।
वेश्यालयमा झैं
राजनीतिको पर्दा भित्र पनि
सधैं नाङ्गिन्छ मान्छे -
क्रय-बिक्रय हुन्छ मान्छे ।
समाजले तिरष्कृत गर्ने
वेश्या झैं
नेता तिरष्कृत छ हर गल्ली ,
चौक र बस्तीमा ,
वेश्या कसैलाई मायाका
गम्भीर वाचाहरु गर्दिन
तर नेता संवेदनशील वाचाहरु मात्र गर्छ
र निभाउँदैन कहिल्यै ,
त्यसैले वेश्या नेता भन्दा माथि छे
वेश्या बेच्छे आफूलाई
तर बेच्दिन सहिदका सपनाहरु
हिंड्दिन कुल्चेर क्रान्तिकारीका
आस्था र विचारहरुलाई
र ,ऊ जान्दिने
रणनीतिक छलकपटहरु.....
मात्र उस्लाई थाहा छ
वेश्याको धर्म ,
वेश्यालयमा उस्कालागि सधैं
गरम चिया बोकेर आउँने
सानो केटो प्रति
ऊ अगाध माया गर्छे
दया गर्छे
र , छातीबाट निकालेर
चियाको दोब्बर दाम दिन्छे
तर नेता उस्लाई
आस्थाको अबिर घस्ने आफ्नै
गरिब बस्ती सँग
दया राख्दैन ,
माया राख्दैन
ऊ सत्ता र शक्तिमा
पुगेपछि
वेश्याले पनि थुक्ने
इमान बेच्ने अर्को
वेश्या बन्छ ।
नयाँ नयाँ ग्राहक सँग वेश्या
प्रत्येक रात र दिन
त्यसरी नै साँट्छ समय -
सत्ता र शक्ति ।
वेश्यालयमा झैं
राजनीतिको पर्दा भित्र पनि
सधैं नाङ्गिन्छ मान्छे -
क्रय-बिक्रय हुन्छ मान्छे ।
समाजले तिरष्कृत गर्ने
वेश्या झैं
नेता तिरष्कृत छ हर गल्ली ,
चौक र बस्तीमा ,
वेश्या कसैलाई मायाका
गम्भीर वाचाहरु गर्दिन
तर नेता संवेदनशील वाचाहरु मात्र गर्छ
र निभाउँदैन कहिल्यै ,
त्यसैले वेश्या नेता भन्दा माथि छे
वेश्या बेच्छे आफूलाई
तर बेच्दिन सहिदका सपनाहरु
हिंड्दिन कुल्चेर क्रान्तिकारीका
आस्था र विचारहरुलाई
र ,ऊ जान्दिने
रणनीतिक छलकपटहरु.....
मात्र उस्लाई थाहा छ
वेश्याको धर्म ,
वेश्यालयमा उस्कालागि सधैं
गरम चिया बोकेर आउँने
सानो केटो प्रति
ऊ अगाध माया गर्छे
दया गर्छे
र , छातीबाट निकालेर
चियाको दोब्बर दाम दिन्छे
तर नेता उस्लाई
आस्थाको अबिर घस्ने आफ्नै
गरिब बस्ती सँग
दया राख्दैन ,
माया राख्दैन
ऊ सत्ता र शक्तिमा
पुगेपछि
वेश्याले पनि थुक्ने
इमान बेच्ने अर्को
वेश्या बन्छ ।
Subscribe to:
Posts (Atom)